Header Ads

  • Breaking News

    कराते टोली मलेसिया जाने

    काठमाडौं । सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र सिंह, संगम नेपाली, युजिन गुरुङ र ईश्वर विकले प्रतिस्पर्धा गर्ने छन् ।

    टोली नेतामा नेपाल रेन्बुकाइ कराते डो संघ अध्यक्ष रेशमलाल लामा, व्यवस्थापकमा प्रेमबहादुर घर्ती, प्रशिक्षकमा कमरुद्दिन अली, अफिसियलमा टेकप्रसाद कट्टेल, अनिता परियार र मनोजकुमार राणा, रिपोर्टरमा पुष्पा खनाल तथा अभिभावकमा अब्दुल हक मुसल्मान रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2URD2LM
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728