Header Ads

  • Breaking News

    बल ठूूलो कि बुद्धि ? हेर्नुहोस् आजको नीति वचन

    यस्यबुद्धिर्बलं तस्य निबुद्र्धेस्तु कुतो बलम् ।
    वने सिंहो मदोन्मत्तः शशकेन निपातितः ।। – पञ्चतन्त्र

    जसको बुद्धि हुन्छ उसकै बल हुन्छ । बुद्धिहीनको बल असम्भव छ । जसरी वनको राजा सिंहलाई पनि खरायोको बुद्धिले इनारमा खसाइदियो ।

    बल र बुद्धिका वहस निकै चल्ने गर्दछन् । वादविवादमा यस्ता विषयमा निकै चर्चा हुने गर्दछ । पञ्चतन्त्रकार विष्णुशर्माले बुद्धिलाई नै ठूूलो मानेका छन् । जसरी वनको राजा सिंहलाई पनि निर्बल खरायोले इनारमा खसालेर आफ्नो ज्यान बचाउन सफल भयो । बलको लडाई गरेको भए त जित्न असम्भव थियो । यसैगरी ठुलो प्राणी हात्ती पनि माहुतेको बशमा हुन्छ । अतः संसारमा बल भन्दा बुद्धिको शक्ति अधिक छ भन्ने पञ्चतन्त्रको नीति वचन मननीय छ ।–नारायणप्रसाद निरौला –

    The post बल ठूूलो कि बुद्धि ? हेर्नुहोस् आजको नीति वचन appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2XSyGWT
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728