Header Ads

  • Breaking News

    अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

    काठमाडौं । आगामी २०७६ जेष्ठ ३ र ४ गते छरिएर रहेका प्रतिभाशाली खेलाडीहरुको उजागर गर्न एवं सितोरियो करातेको विकास, विस्तार र खेलाडीको विकास गर्नुका साथै अन्तराष्ट्रसंग भाइचाराको सम्बन्ध राख्ने उद्देश्यले ‘खेलकुद स्वस्थ्यको लागि , खेलाडी राष्ट्रको लागि’ भन्ने मुल नाराका साथ शाखा डोजो सामाखुशीको वार्षिक कार्यक्रम अनुसार पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७६ आयोजना हुने भएको छ ।

    नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्थान र भुटान देशका खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट ३५०,भारतबाट ३००, श्रीलंकाबाट १५, बंगलादेशबाट १५,पाकिस्तानबाट १० र भुटानबाट १० हुनेछन् । सो प्रतियोगितामा ७०० जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।

    विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा कुल खर्च रु. १५,०९,५००र( (अक्षरुपी पन्ध्र लाख नौं हजार पाँच सय रुपैया) लाग्ने अनुमान गरिएको छ । उक्त रकम आयोजक डोजोले नै व्यहोर्ने कुराको जानकारी शाखा प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले दिए ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2ZNYaGI
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728