Header Ads

  • Breaking News

    नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा

    काठमाडौ । नवीन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नवीन र रोमिकाको जोडीले ईश्वर जिसी र इशाश्री शाहको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे ।

    अन्य खेलमा राजकुमार लामा र शर्वानी श्रेष्ठको जोडीले गोविन्द नेपाली र प्रीति बराललाई ६–४, ५–७ र १०–८, सन्तोष खत्री र गंगा शर्माको जोडीले सम्यकभूषण वज्राचार्य र आइरा रावतको जोडीलाई ६–४ र ७–६, पाउल मार्टिन र भगवती विकको जोडीले निसान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१, प्रदीप खड्का र सलोनी तामाङको जोडीले दावा शेर्पा र एनी माथेमाको जोडीलाई ६–० र ६–३ तथा जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीले अनिल साइ र श्रिया भट्टराईको जोडीलाई ६–१ र ६–२ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

    पुरुष सिंगल्समा प्रदीप खड्काले दावा सोनाम शेर्पालाई ६–३ र ६–३, नवीन मगरले निसान श्रेष्ठलाई ६–१ र २–६ र ७–६, निक रात्रुपले भीष्मजंग थापालाई ६–२, ४०–१५ (रिटायर्ड हर्ट), डिफेन्डिङ च्याम्पियन जितेन्द्र परियारले कुमार जिसीलाई ६–० र ६–० तथा प्रणव खनालले अनिल साइलाई ६–० र ६–२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

    पुरुष ५५ वर्षमाथि सिंगल्समा ध्रुव गुरुङ, कमल थापा, राजेन्द्र घिमिरे, सुशीलराज पाण्डे, कृष्णराज घले, राजु गुरुङ, करिममुल्लाह मुस्लिम र छ्याम्बा धोन्डुप क्वाटरफाइनलमा पुगे । पुरुष ४५ वर्षमाथि स्कोट हेरिङगर, गोपी भट्टराई, धरम लामिछाने, संग्राम लामा, आशिष सिग्देल र राजु राई प्रिक्वाटरफाइनलमा प्रवेश गरे । पुरुष ३५ वर्षमाथि सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, छेवाङ लामा, भीष्मजंग गुरुङ र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे । पुरुष ६५ वर्षमाथि ज्ञानेन्द्र ताम्राकारले पवन अग्रवाललाई ४–० र ४–२ तथा फादर मेथ्युले भरत रायमाझीलाई ४–२ र ४–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2ZKplCa
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728