Header Ads

  • Breaking News

    सरस्वती युवा क्लब सेमिफाइनलमा

    काठमाडौं । ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।  चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा सरस्वतीले आयोजक दीपशखिा युवा समूहलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजत बुढाथोकी र सन्जीव लामाले गोल गरे ।

    प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवातदेखि नै सरस्वतीले खेलमा पकड बनाएको थियो । तर, घरेलु टोलीविरुद्ध सरस्वतीले गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ३६औं मिनेटमा सुजिल बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले गोलरक्षक विष्णु केसीले फालेको लामो बललाई दिपेश श्रेष्ठले मिलाइदिएको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

    त्यसअघि ३५औं मिनेटमा घरेलु टोलीले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । रिसो श्रेष्ठले डिफेन्डर बिट भइसकेको अवस्थामा गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा टाढाबाटै निकै फितलो प्रहार गरेका थिए । पहिलो गोल खाएलगत्तै घरेलु टोलीले बराबरी मौका खेर फाले । अचल खत्रीको प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।

    त्यसअघि खेलको पाँचौ मिनेटमा सरस्वतीका रमशे घिसिङको प्रहार दीपशिखाका गोलरक्षक निशान थापामगरले मुस्किलले बचाएका थिए । १२औं मिनेटमा सुजित बुढाथोकीको प्रहार पोस्टबाट थोरै बाहिरिदा सरवती अग्रता लिनबाट चुकेको थियो । १४औं मिनेटमा सुजितले नै गोलको मौका खेर फाले । लगत्तै कप्तान राजकुमार घिसिङको प्रहार आकासिएको थियो । २२औं मिनेटमा दीपशिखाका दिनेश खड्कीको बक्स बाहिरको प्रहार दोस्रो बारको टप कर्नरबाट थोरै माथिबाट जादा घरेलु टोलीले अग्रता लिने अवसर गुमायो २८औं मिनेटमा रिसो श्रेष्ठको बक्सबाहिरको प्रहार पहिलो बारबाट थोरै बाहिरियो ।

    ४९औं मिनेटमा दिपेश श्रेष्ठको प्रहार गोलरक्षक निशानले अघि बढेर मुस्किलले बचाउदा रिवाउनडमा सुजितको प्रहार क्रसबारमा लागेर फर्कदा सरस्वतीले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । ७७औं मिनेटा सन्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाए । दोस्रो हाफमा सरस्वतीलाई दवावमा राखेपनि घरेलु टोली फिनिसिङमा लगतार चुक्दा पराजित हुन पुग्यो । सरस्वतीका सजित बुढाथोकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैया पाए ।

    दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा बुधबार अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ । खेल दिनको ठीक ३ बजे हुनेछ ।  प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2DEIBaQ
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728