Header Ads

  • Breaking News

    पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल सम्पन्न एपीएफलाई उपाधि

    काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो ।

    एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक,ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिईन् । फाईनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याएकी थिईन् । एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९÷९ अंक जोडिन् । उपबिजेत बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक,सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

    शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान(कन्साई निरोल्यक पेन्ट) ले मुख्य प्रायोजकमा संचालित प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्यृडायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो । प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमिल्सिना,मुख्य प्रायोजक केएनपीका नेपाल प्रमुख मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरेका थिए ।

    प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन गरेको मुक्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले नगद २ लाखको चेक बिजेता टिम एपीएफलाई हस्तान्तरण गरेका थिए । बैंकिङ पर्टनर एनआईसी एशिया बैंकककाले दोश्रो हुने टिमले प्राप्त गर्ने रकम १ लाख वरावरको चेक उपलब्ध गराएको थियो । मार्वल टेक्नोप्लास्ट प्रालीले तेश्रो हुने टिमका लागि नगद ५० हजार उपलब्ध गराएको थियो । मार्वल टेक्नोप्लास्ट प्रालीले तेश्रो नगद पुरस्कार,वुमन अफ द म्याचको ५० हजार तथा टेक्निकल टिमले प्राप्त गर्ने रकम १ लाख गरि २ लाखको सह प्रायोजक गरेको थियो ।

    दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने एपीएफ टिमका सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस उपलब्ध गराएको थिए । त्यस्तै सुलक्स सेन्टरकाबाट ४० हजार वरावरको २ थान टि सट घडी प्रतियोगिताकी उत्कृष्ट खेलाडी सरस्वती चौधरी तथा शेरवहादुर खड्का स्पेशल अवार्डबाट पुरस्कृत आर्मीकी निरुता ढगुन्नालाई प्रदान गरेका थिए । साथै उत्कृष्ट खेलाडी चौधरी, स्पेशल अवार्ड बिजेता खेलाडीद्धयलाई रामेछाप उमाकुन्ड प्रिती निवासी सम्वरवहादुर तामाङले जनहि नगद १५ हजार प्रदान गरेका थिए । प्रतियोगिताका बिद्यागत बिजेता खेलाडी तथा प्रशिक्षकलाई जनहि नगद ७ हजार ग्रीनल्याण्ड सेन्टरका ले उपलब्ध गरेको थिए ।

    बिद्यागततर्फ उत्कृष्ट स्पाईकरमा न्युडायमण्डकी प्रतिभा माली,उत्कृष्ट ब्लकरमा एपीएपकी हिरा केसी,उत्कृष्ट सेटरमा एपीएफकै बिनिता बुढाथोकी,उत्कृष्ट डिफेन्समा एपीएफकी मनिषा तामाङ,उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन चुनिए भने उत्कृष्ट क्वीकर आर्मीकी सुनिता खड्काले जितिन् । उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका कोचले पाए । बैशाख १४ गते प्रतियोगिताको पूर्व प्रधान मन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2ZLGjA7
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728