Header Ads

  • Breaking News

    कालीबहादुर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    काठमाडौ । नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगर अन्तर्राष्ट्रिय अवार्डबाट आइतबार सम्मानित भएका छन् । जर्मनको म्युनिखमा भएको १२औँ म्युनिख हल अफ अनरमा आयोजित अवार्ड समारोहमा मार्सल आर्ट्स हाप्किडो अध्यक्ष घर्तीमगर ‘हाप्किडो मास्टर अफ दी इयर अवार्ड’ बाट सम्मानित भएका हुन् । उक्त अवार्डमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक तथा नेपाल उशु संघका कोषाध्यक्ष लानम लामा पनि इन्स्ट्रक्चर अफ द इयरद्वारा सम्मानित भएका छन् ।

    मार्सल आर्ट्स विशिष्ट ओस्कारको रूपमा परिचित म्युनिख हल अफ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिखमा विशाल आयोजना हुने गर्दछ । विश्वभरिको ग्रान्डमास्टर, मास्टर, एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै प्रशिक्षकहरूलाई म्युनिख हल अफ अनरबाट सम्मानित गरिँदै आएको छ ।

    त्यसका लागि ग्रान्डमास्टरहरूको छनोट समितिले गरेको सिफारिसको आधारमा अवार्डबाट सम्मान गरिने हाप्किडो संघले जनाएको छ । सम्मानित घर्तिमगर मार्सल आर्ट्स हाप्किडोका सातौं डान प्राप्त खेलाडी हुन् । लानम लामाले हाप्किडोको पाचौं डान प्राप्त गरेका छन् । साथै अवार्डबाट सम्मानितद्वय घर्तिमगर र लामा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्किडो मास्टर र इन्स्ट्रक्चर साथै ‘ए’ लेभल रेफ्री पनि हुन् ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्किडोको खेलको विकास र विस्तार गर्नुका साथै विभिन्न देशहरूमा सफल प्रशिक्षण गरेका प्रशिक्षकद्वयको उच्च मूल्यांकन भएपछि अवार्ड चुम्न सफल भए । यसअघि पनि अध्यक्ष घर्तीमगरले विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानित भइसकेका छन् ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2GMwSb8
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728