Header Ads

  • Breaking News

    इ–सिगरेटको झोलमा विषाक्त ब्याक्टेरिया

    लण्डन । मोबाइल जसरी नै चार्ज गरी प्रयोग गर्ने गरिएको युवाहरुमाझ अत्यन्तै लोकप्रिय इलेक्ट्रोनिक सिगरेटको झोलमा पहिलोपटक विषाक्त ब्याक्टेरिया लगायत किटाणु रहेको प्रमाण भेटिएको छ जसले दम र फोक्सोमा संक्रमण गराउन सक्ने अनुसन्धानमा पत्ता लागेको हो ।

    हाभर्डका अध्ययनकर्ताहरुले गरेको रिसर्चमा अमेरिकामा मात्र ७५ ब्रान्डका इ–सिगरेट उत्पादनहरु मध्ये एक चौथाइ ब्याक्टेरिया लगायतका किटाणुले दूषित हुने गरेको पाइएको हो । अध्ययनमा सिल गरिएको र फेरि झोल भर्न मिल्ने दुवै थरीका इ–सिगरेटको परीक्षण गरिएको थियो । यसमा अनुसन्धानकर्ताहरुले इ–सिगरेटमा प्रयोग हुने केमिकलले हाम्रो फोक्सोमा कस्तो असर पुर्याउन सक्छ भन्नेबारे अध्ययन गरिरहेका थिए । जसपछि नै तिनमा इ–कोली भाइरसले उत्पन्न गर्ने ‘ब्याक्टेरियल एन्डोटोक्सिन’ अर्थात विषाक्त र ‘β(म्(नगिअबल’ ’ फेला पारिएको हो जसलाई विनाशकारी फङ्गी मानिन्छ ।

    यस किसिमका ब्याक्टेरिया र फङ्गीले तिव्र र लामो समयसम्म स्वास प्रस्वासमा गम्भीर समस्या गराउने गरेको अध्ययनका वरिष्ठ लेखक तथा पर्यावरण अनुवंशिक विद् प्रोफेसर डेभिड क्रिस्टिआनी बताउँछन् । उनले थप भने, ‘इ–सिगरेटका उत्पादनमा त्यस प्रकारका विषाक्त पदार्थहरु फेला पार्नुको अर्थ प्रयोगकर्ताहरुमा स्वास प्रस्वास सम्बन्धी जटिल समस्या देखा पर्ने सम्भावना झन चिन्ताजनक अवस्थामा पुगेको छ ।यसरी ‘इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिभ्स’ नामक जर्नलमा उक्त खोज प्रकाशित हुनु अघि नै विशेषज्ञहरुले सम्बन्धित निकायले इ–सिगरेटलाई धुम्रपान छाड्ने माध्यमका रुपमा प्रयोग गर्न भन्दै गर्दा यसका संभावित जोखिमलाई बेवास्ता गरिरहेको भनि चेतावनी दिएको थियो ।

    इ–सिगरेटमा निकोटिन भएपनि तम्बाकू नहुने भएकाले नै यसलाई चुरोट भन्दा सुरक्षित मानिएको थियो । तम्बाकू जल्दा क्यान्सर उत्पन्न गराउने सयौँ केमिकल उत्पादन हुन्छ । तरपनि इ–सिगरेटले कुनै क्षति पुर्याउँदैन चाहिँ भन्न नसकिने चिकित्सकहरुको भनाइ छ ।

    प्रोफेसर मार्टिन मेक्किनले यसै हप्ता चेतावनी दिँदै इ–सिगरेटको उत्पति धेरै समय अगाडि नभएकाले नै हामीले यसका खतरनाक पक्षबारे पूर्ण रुपमा बुझ्न नसकेको बताएका हुन् । यसअघि मानिस र जनावरहरुमा गरिएका विभिन्न अनुसन्धानहरुले पनि इ–सिगरेटबाट धुँवा निकाल्न प्रयोग गरिने एडिटिभ र फ्लेभरिङ लगायतका पदार्थहरुले हाम्रो शरीरमा लामो समयमम्म नकारात्मक असर पार्ने देखाएको थियो ।

    युनिभर्सिटी अफ व्रिमिनगमले गरेको एक अध्ययनमा भने त्यस किसिमले बट्टामा राखिएको धुँवाले प्रतिरक्षात्मक प्रणालीको फोक्सो सफा राख्ने क्षमतामा अवरोध पुर्याउँछ भन्ने पत्ता लागेको थियो ।

    त्यसैगरी हानिकारक तत्व मिसिएका भेपरहरुले एन्टिबायोटिक र एन्टिफंगल उपचार प्रतिरोधक स्तर बढाउने गरेको पनि दाबी गरिएको छ । हाभर्ड अध्ययनले भने ७५ उत्पादनहरु मध्ये १७ मा ब्याक्टेरियल विषाक्त फेला पारेको हो र ६१ उत्पादनहरुमा चाहिँ ग्लुकन भेटिएको थियो । तम्बाकू र मेन्थोल फ्लेबरमा बढी ब्याक्टेरियायुक्त मिसावट पाइएको छ भने ग्लुकन चाहिँ फलफुलका फ्लेभरिङमा रहेको बताइएको हो ।



    from विश्व – Sourya Daily http://bit.ly/2Wc2Pjx

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728