Header Ads

  • Breaking News

    प्रिन्स उपविजेतामै सीमित

    काठमाडौं । प्रिन्स दाहाल थाइल्यान्डमा सम्पन्न योनेक्स सिंह रोजा बिटिवाई इन्टरनेसनल च्याम्पियनसिपमा उपविजेतामा सीमित भएका छन् । पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता दिलाइरहेका प्रिन्स थाइल्यान्डमा सम्पन्न इन्टरनेसनल च्याम्पियनसिपको यु–१७ एकलमा प्रिन्स उपविजेतामै सीमित भएका हुन् ।

    फाइनलमा भारतीय खेलाडी प्रनभराव गन्धमसँग २१–१५, २१–१२ ले पराजित भएपछि उपविजेतामै खुम्चिए । नेपाली ब्याटमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले फेरि एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भइरहेका छन् । तर, थाइल्यान्डको यात्रालाई भने प्रिन्स यादगार बनाउन असफल भए ।

    दुबई जुनियर इन्टरनेसनल च्याम्पियनसिप र नेपालको विराटनगरमा सम्पन्न अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप विजेता प्रिन्सले यस च्याम्पियनसिपमा जापान, थाइल्यान्ड, मलेसिया, फ्रान्स र भारतका खेलाडीलाई स्तब्ध बनाउँदै फाइनल यात्रा तय गरेका थिए । थाइल्यान्ड ब्याडमिन्टन संघको आयोजनामा फागुन ९ गतेदेखि १५ गते सम्पन्न च्याम्पियनसिपमा प्रिन्सले पहिलो चरणमा जापानका खेलाडीलाई २१–९, २१–६ ले पराजित गरेका थिए ।

    उनले दोस्रो चरणमा थाइल्यान्डका खेलाडीलाई २१–७, २१–८, तेस्रोमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१, २१–११, चौथोमा थाइल्यान्डका खेलाडीलाई २१–१०, २१–१३ ले, पाँचौंमा फ्रान्सका खेलाडीलाई २१–१९, २१–२३ ले र क्वार्टरफाइनलमा थाइल्यान्डका खेलाडीलाई २१–१३, २१–१६ ले पराजित गरेका थिए ।

    यस्तै फाइलन प्रवेश गर्ने क्रममा उनले भारतका खेलाडी विकास यादवलाई २१–९, २१–१३ ले पराजित गरेका थिए । यु–१९ मा पनि प्रतिस्पर्धा गरेका प्रिन्सले पहिलो चरणमा थाइल्यान्डका खेलाडीलाई २१–१२, २५–२३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका थिए । तर, दोस्रो चरणमा उनी जापानी खेलाडीसँग १५–२१, २१–१८ र २१–१२ ले पराजित भएका थिए ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2V2BUKo
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728