Header Ads

  • Breaking News

    पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल : सेमिफाइनलको समिकरण पूरा

    कठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा एपीएफ र होङगान्जी न्यूडायमण्डबीच हुनेछ भने दोश्रो पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । आईतबार दोहोरो जित निकालेर समूह बिजेता भएको एपीएफले आर्मीसँगको सघर्षपूर्ण खेलमा ३–२ को सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

    सरस्वती चौधरी वुमन अफ दि म्याच भएको खेलमा एपीएफले आर्मीमाथी २५–१४,२२–२५,२५–२३,२०–२५ र १५–१३ को रोमाञ्चक जित निकाल्यो । दोश्रो खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै समूह बीको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह बिजेता बन्यो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका विजेताले २ लाख,उपविजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनही पाँच हजार नगद प्राप्त गर्ने छन् । मार्वल टेक्नोप्लस,मुक्तिनाथ विकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचलाई नगद पाँच हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2PyQbbL
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728