Header Ads

  • Breaking News

    चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो

    ओल्ड ट्राफोर्ड इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साबिकको बिजेता चेल्सीलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले हराएको हो।

    घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । युनाइटेडको जितमा रोमेरो लुकाकु र जेसे लिंगार्डले समान एक एक गोल गरे ।

    चेल्सीका विलियनले एक गोल गरे पनि टोलीलाई रोक्न सकेनन्।

    ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। खेलको ३२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३९ औं युनाइटेडका लुकाकुले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए।

    पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युनाइटेडका लिंगार्ड चम्किए । खेलको ७५ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २ – १ को महत्वपूर्ण जित दिलाए।

    यो जितसँगै लिगको दोस्रो स्थानको उक्लिएको युनाइटेडले २८ खेलबाट ५९ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछि छ।

    एक खेल कम खेलेको सिटीको ७२ अंक छ। तेस्रो स्थानको लिभरपुलको २८ खेलबाट ५७ अंक छ। पराजित चेल्सी ५३ अंक जोडेर पाँचौ स्थानमा पुगेको छ।

     



    from खेलकुद – Setopati Nepal's Online Newspaper http://ift.tt/2GJL1E1

    setopati
    http://ift.tt/eA8V8J
    February 25, 2018 at 04:09PM
    https://setopati.com

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728