Header Ads

  • Breaking News

    आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो सिजनको पहिलो उपाधि

    म्यानचेस्टर सिटीले इंग्लिश फुटबल लिग कप (काराबाओ) कप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा आर्सनललाई ३–० ले हराउँदै काराबाओ कपको उपाधि जितेको हो ।

    सिटीलाई उपाधि दिलाउन सर्जियो अग्यूरो, भिसेन्ट कोम्पानी र डेभिड सिल्भाले समान एक-एक गोल गरे।

    योसँगै सिटीले सिजनको पहिलो उपाधि जितेको छ। प्रिमियर लिगको उपाधि होड बलियो बनाएको सिटीले यो पाँचौ पटक काराबाओ कपको उपाधि जितेको हो। सिटी आएपछि प्रशिक्षक पेपे ग्वार्डीवलाको यो पहिलो उपाधि हो ।

    खेलको १३ औं मिनेटमा अग्युरोको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

    खेलको ५८ औं मिनेटमा कम्पोनीले गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ६५ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३ – ० को जित निकाल्दै सिजनको पहिलो उपाधि घर भित्रायो ।

    यता, आर्सनलले केहि गोलको अवसर खेर फाल्दा फाइनलमा सिटीलाई नतिजा सुम्पन बाध्य भएको हो । योसँगै काराबाओ कपको ८ औं पटक फाइनल पुगेको आर्सनल फाइनलमा छैटौं पटक पराजित भएको हो।



    from खेलकुद – Setopati Nepal's Online Newspaper http://ift.tt/2HNJHRR

    setopati
    http://ift.tt/eA8V8J
    February 25, 2018 at 04:13PM
    https://setopati.com

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728