Header Ads

  • Breaking News

    घाइते हुँदै नेइमारले मैदान छाडे, रियल मड्रिडसँगको खेल गुमाउन सक्ने

    फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलको क्रममा पेरिस सेन्ट जर्मेन पिएसजीका स्टार स्ट्राइकर नेइमार घाइते भएका छन्।

    मार्सिल्लेविरूद्धको खेलमा कुर्कुच्चको चोट बोक्दै नेमार स्ट्रेचरमा बोकिएर मैदान छाडेका हुन्।

    खेलको ८० औँ मिनेटमा मार्सेइलीका बोउना सारसँगको ट्याकलको क्रममा पीडासहित नेमार मैदानम ढलेका थिए। त्यसपछि उनलाई स्वास्थ्यकर्मीको टोलीले स्ट्रेक्चरमा राखेर मैदान बाहिर लगेको थियो ।

    यो खेलमा पिएसजीले मार्सेइलीलाई ३-० ले हरायो ।

    पिएसजीको जितमा केलियन एमबाप्पे र एडिसन काभानीले गोल गरे । यस्तै मार्सेइलीका रोनाल्डोले आत्मघाति गोल गरे । जितपछि लिडर पिएसजीको २७ खेलबाट ७१ अंक भएको छ । खेलको अन्तिम १० मिनेट पिएसजी १० खेलाडीमै खेल्न बाध्य भयो। नेइमार चोटग्रस्त भएर मैदान छाडेपछि १० खेलाडीमा सिमित भएको हो। किनकि, उसले सब्सिच्युड खेलाडी सबै प्रयोग गरेको थियो ।

    च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को महत्वपूर्ण दोस्रो लिग आउन ९ दिन बाँकी हुँदा नेइमार चोटग्रस्त भएका हुन्।

    नेमार घाइते भएपछि रियल मड्रिडविरुद्धको च्याम्पियन्स लिगको अन्तिम १६ को खेल गुमाउने सम्भावना बढेको छ। पहिलो लेगको नतिजा ३–१ ले रियललाई सुम्पेको पिएसजीले मार्च ७ मा हुने दोस्रो लेगमा खेल उल्ट्याउन कम्तिमा पनि ३–० को जित निकाल्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा नेइमार घाइते भएपछि पिएसजीमाथि दबाब बढेको हो।

    बार्सिलोनाबाट पिएसजी आएपछि नेइमारले ३० खेलमा २९ गोल गरेका छन् ।



    from खेलकुद – Setopati Nepal's Online Newspaper http://ift.tt/2BQ53xA

    setopati
    http://ift.tt/2sRAvZo
    February 25, 2018 at 04:03PM
    https://setopati.com

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728