Header Ads

  • Breaking News

    पिंकाथन काठमाडौंको उपाधि कान्छिमायालाई

    नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि जितेकी छन्।

    गत वर्षकी पनि विजेता रहेकी कान्छीले शनिबार १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी हुन्। कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन्।

    त्रिभुवन आर्मीकी सरिता बासी दोस्रो र नेपाल पुलिस क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। सरिताले १ घन्टा २५ मिनेट ०१ सेकेन्ड र पुष्पाले १ घन्टा २७ मिनेट ०२ सेकेन्डमा दौड पुरा गरिन् ।

    दौड नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु भएर बालुवाटार, गैह्रीधारा, उत्तर ढोका, दरबारमार्ग, शहिद गेट, जमल लाजिम्पाट, पानी पोखरी हुँदै पुनः तालिम केन्द्र पुगेर टुंगिएको थियो ।

    उपाधिसहित कान्छीले ६० हजार, सरिताले ४० हजार र पुष्पाले २० हजार रुपैयाँ पाइन्।

    यस्तै एपिएफकी सन्तोषी श्रेष्ठले १० किलोमिटरको उपाधि जितिन्। सोही क्लबकी विन्द्रा श्रेष्ठ दोस्रो र आर्मीकी रेशु बस्नेत तेस्रो भए। सन्तोषीले ३८ मिनेट ४० सेकेन्ड, विन्द्राले ३९ मिनेट ४२ सेकेन्ड र रेशुले ४० मिनेट ४५ सेकेन्डमा दौड पुरा गरे।

    सन्तोषीले ३० हजार, विन्द्राले २० हजार र रेशुले १० हजार रूपैयाँ प्राप्त गरिन् ।

    ५ किलोमिटर दौडमा दीपा न्यौपाने पहिलो, मनमति विष्ट दोस्रो र अर्पणा चौधरी तेस्रो भइन्।

    त्यस्तै ३ किलोमिटर दौडमा चन्दना गुरुङ पहिलो, काजल विष्ट दोस्रो र दिलकुमारी छन्त्याल तेस्रो भइन् ।

    खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले पिंकाथन आयोजना गरिएको आयोजकले बताएका छन् ।

    नेपालमा दोस्रो पटक भएको पिङकाथन दौड पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा भएको हो ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2sRDwsD

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728