Header Ads

  • Breaking News

    सरसफाईमा जुटे प्रदेश न. ६ का मुख्यमन्त्री (फोटो फिचर)

    शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा सरसफाई अभियान चलाइएको छ । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको विशेष सरसफाई कार्यक्रममा प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभिन्न मन्त्री, नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा पदाधिकारी, विभिन्न कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।

    बिहान साढे ७ बजेबाट शुरु भएको सरसफाई कार्यक्रममा स्थानीय व्यापारी तथा घर धनीहरुलाई दैनिक रुपमा फोहर व्यवस्थापन गरेर राख्न आग्रह समेत गरिएको छ ।

    तस्विर :

    सुर्खेतको वीरेन्द्रनगरस्थित बिच बजारमा सडक छेउको नाली सफा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

    वीरेन्द्रनगरस्थित बिच बजारमा सडक छेउको नालीमा रहेको फोहर निकाल्दै प्रदेश नं. ६ का आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला ।

    वीरेन्द्रनगरस्थित बिच बजारमा सडक छेउको नालीमा रहेको फोहर निकाल्दै प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह

    विशेष सरसफाई अभियानमा सहभागी सुरक्षाकर्मीहरु ।

     

     



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2F1wGpq

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728