Header Ads

  • Breaking News

    सचिनले आजैको दिन बनाएका थिए वानडेमा पहिलो डबल सेन्चुरी

     

    रेकर्डका बादशाह तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले क्रिकेटका अधिकांश उपलब्धि आफ्नो नाममा लेखाएका छन्। यस्तै वान डे क्रिकेटमा उनले आजैको दिन दोहोरो सतक प्रहार गरेका थिए।

    आज अर्थात फेब्रुअरी २४ सन् २०१० मा तेन्दुलकरले दक्षिण अफ्रिकाविरूद्धको वान डेमा नटआउट २०० रन बनाएका थिए।

    ग्वालियरमा बनाएको उक्त दुई सय रन कुनै पनि क्रिकेट खेलाडीले वान डेमा बनाएको पहिलो रेकर्ड थियो।

    २०० रन बनाउने क्रममा उनले १४७ बल खेल्दै २५ चौका र ३ छक्का प्रहार गरेका थिए। सचिनको यो पारी सम्झदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा ट्वीटसमेत गरेको छ।

    तेन्दुलकर पछि ४ जनाले ६ पटक दोहोरो सतक प्रहार गरेका छन्।

    सन् २०११ मा वीरेन्द्र सेहवागले वेष्टइन्डिजविरूद्ध २१९ रन बनाएका थिए। यस्तै सन् २०१३ मा अष्ट्रेलियाविरूद्ध रोहित शर्माले २०९ रन बनाउँदै दोहोरो सतक प्रहार गरेका थिए।

    सन् २०१४ मा श्रीलंकाविरूद्ध शर्माले २६४ रन बनाउँदै दोस्रो दोहोरो सतक प्रहार गरेका थिए।

    सन् २०१५ मा वेष्टइन्डिजका क्रिश गेलले जिम्बाम्बेविरूद्ध दोहोरो सतक पुरा गर्दै २१५ रनब बनाएका थिए। यस्तै न्यूजिल्याण्डका मार्टि गुप्टिलले वेष्टइन्डिजविरूद्ध सन् २०१५ मा नटआउट २३७ रन बनाएका थिए।

    यस्तै सन् २०१७ मा श्रीलंकाविरूद्ध २०८ रन बनाउँदै रोहित शर्माले अर्को इतिहास रचेका थिए। शर्माले तीन पटक दोहोरो सतक बनाउने कीर्तिमान बनाएका थिए।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2F2uVbm

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728