Header Ads

  • Breaking News

    पाँचथरमा जीप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मुत्यु, आठ घाइते

    मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए ।

     



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2sSF05W

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728