Header Ads

  • Breaking News

    दुर्घटनामा परि चारको मृत्यु

    रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज  ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी छन्। सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्रयाक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ।

    राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ।

    फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किँदा सो दुर्घटना हुँदा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ।

    रासस



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2CjWSdV

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728