Header Ads

  • Breaking News

    प्राविधिक शिक्षालयको नीतिगत तथा संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरू

    सरकारले स्थानीय तहमा स्थापना गरिने प्राविधिक शिक्षालयको नीतिगत तथा संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरू गरेको छ।

    शिक्षा मन्त्रालयका उपसचिव सुशीलबाबु खनालले स्थानीय तहमा स्थापना हुने प्राविधिक शिक्षाको नीतिगत र संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरू गरिएको जानकारी दिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदभार ग्रहण गरेलगत्तै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका थिए। सोही निर्णयलाई कार्यान्वयनमा लैजान शिक्षा मन्त्रालयले प्राविधिक शिक्षालयको नीतिगत र सरचनागत ढाँचा तयार पार्न सुरू गरेको हो।

    आइतबार काठमाडौंमा आयोजित ‘संघीयतामा शिक्षा, संरचना र नीतिगत सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसचिव खनालले एकै विषय वा फरक–फरक विषय पठनपाठन हुनेगरी स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भन्ने विषयमा छलफल सुरू गरिएको पनि उपसचिव खनालले जानकारी दिए।

    सरकारले संघीयताको मोडल अनुसार शिक्षा ऐन, संशोधन र खारेज गर्ने प्रक्रियालाई पनि तीव्रताका साथ अगाढि बढाउने तयारी गरेको छ। संविधान बमोजिम कानून निर्माण गर्नुपर्ने भएकाले पुराना कतिपय कानूनहरू तत्काल संशोधन वा खारेज गर्नुपर्ने अवस्था आएको उपसचिव खनालले स्पष्ट पारे।

    सरकारले शैक्षिक व्यवस्थापनका लागि सोही अनुसार कर्मचारी व्यवस्थापन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै आएको छ ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2sROqP3

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728