Header Ads

  • Breaking News

    विदेशी मुद्राकोे विनिमय दर आज कति?

    विदेशी मुद्राको विनिमय दर दैनिक फेरबदल भइरहन्छ। विदेशबाट पैसा पठाउन वा बिदेश पैसा पठाउन विदेशी मुद्राको विनिमय दरको बारेमा हेक्का राख्दा तपाइलाई सजिलो हुन सक्छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहिदर अनुसार आइतबार अमेरिकी डलरको खरीददर १०३ रुपैयाँ २८ पैसा रहेको छ र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा रहेको छ।

    युरोपको खरिद मूल्य १२७ रुपैयाँ ४ पैसा छ भने बिक्री मूल्य १२७ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै युके पाउण्ड स्टर्लिङको खरीद मूल्य १४४ रुपैयाँ ५ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ८९ पैसा रहेको छ।

    साउदी रियालको खरीद मूल्य २७ रुपैयाँ ५४ पैसा र बिक्री मुल्य २७ रुपैयाँ ७० पैसा रहेको छ भने कतारी रियालको खरीद मूल्य २८ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

    त्यस्तै युएइ दिरामको खरीद मूल्य २८ रुपैयाँ १२ पैसा र बिक्री मुल्य २८ रुपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिङगेटको खरीद मूल्य आज २६ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य २६ रुपैयाँ ५१ पैसा तोकिएको छ।

    बाणिज्य बैंकहरुमा सटही कारोबार गर्दा केहि रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2sSlBlM

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728