Header Ads

  • Breaking News

    जब नेविसंघका नेताले देउवालाई दिए चश्मा उपहार…

    नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ।

    नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन्।

    केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन्। विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरूप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन्।

    विद्यार्थीले ‘जिद्दीले होइन विधिले चलौं , वेथितिले होइन विधिबाट चलौं’ भन्दै पार्टीभित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए।

    केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ वर्ष भइसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ट विद्यार्थीले आरोप लगाएका छन्। विद्यार्थी नेता मनोहरि श्रेष्ठले पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउँदै आफूहरू शान्तिपूर्ण विरोधमा उत्रिएको बताए।

    केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिँदै आफ्ना मागबारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए। विद्यार्थीले नेताहरू रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराए ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2F37Khj

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728