Header Ads

• Breaking News

भारतीय मालवाहक सवारीले राजश्व छल्ने गरेको खुलासा, भन्सार कार्यालय बेखवर

कपिलवस्तु, फागुन १३ । नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुको कृष्णनगर नाकाबाट भित्रने भारतीय मालवाहक सवारी साधनले राजश्व छल्ने गरेको खुलासा भएको छ ।

ओभरलोडका सवारी साधनले राजश्व छली गर्दासमेत कृष्णनगर भन्सार कार्यालय बेखबर बनेको छ ।

भारतको बढनी हुँदै कपिलवस्तुको कृष्णनगर नाका भित्रिने अधिकांश भारतीय मालवाहक गाडीले दैनिक करोडौंको राजश्व छली गर्दासमेत भन्सार कार्यालय बेखवर बनेको हो ।

वाणगंगा यातायात व्यवसायी समितिको सक्रियतामा यातायात व्यवस्था कार्यालय लुम्बिनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले संयुक्त रुपमा चेकजाँच गर्दा भारतीय मालबाहक गाडीले वास्तविकताभन्दा कम तौलको विवरण देखाउने गरेको रहस्य बाहिर आएको छ ।

कृष्णनगर नाकाबाट भैरहवाको सिमेन्ट फ्याक्ट्रीका लागि कच्चा पदार्थ क्लिङ्कर बोकेर आएका भारतीय १२ चक्के ट्रकले भार वाहन क्षमताको दोब्बर ४० टनभन्दा बढी लोडका साथ भित्रिएको अनुगमनको क्रममा पाइएको छ ।

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काका आधारमा १२ चक्के ट्रकको अधिकत्मा भार वाहन क्षमता २१ टन कायम गरेको छ ।

भारतबाट नेपाल भित्रने मालवाहक सवारीको भन्सार भारतकै तौलको रसिद र एजेन्टको फोनका आधारमा तौल जाँच नगरी भन्सार काट्दा करोडौंको राजश्व छली भएको वाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तुका महासचिव लक्ष्मण भुसालले बताए ।

from Imagekhabar http://ift.tt/2GEN2l5

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728