Header Ads

• Breaking News

अध्यक्ष दाहाल भन्छन् : चितवनको विकासलाई समग्र देश र विश्वले हेरिरहेको छ

चितवन, फागुन १३ । पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतासंग नजिक रहन जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आज (आईतबार) प्रचण्डले समुद्घाटन समेत गरे ।

सो क्रममा बोल्दै प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै यस अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “सुशासन कायम र विकास निर्माण, जनताको समस्या समाधान गर्न कस्तो विधि प्रणाली अपनाईन्छ भन्ने कुरा सबैले हेरेका हुन्छन्, जनताका कुरा राम्ररी सुनेर काम गर्नुहोला ।”

उनले थप्दै भने–“प्रचण्डले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुन्छ, सिंगो विश्वले पनि हेरेको हुन्छ, यहाँको काम एउटा निर्वाचन क्षेत्रको एउटा साँसदले गरेको काम जस्तो मात्रै हुँदैन ।”

यी कुराहरु पुरा गर्न एकीकृत हुन लागेको दुवै पार्टीका कार्यकर्ता र शुभेच्छुकका लागि ठूलो अवसर भएको उनको भनाई छ । प्रचण्डले यो अवसरले सिंगो राष्ट्रलाई सन्देश दिने र राष्ट्र निर्माण अभियानलाई गति दिने काम हुने बताए ।

निर्वाचन जितेसंगै आफू पटक–पटक चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग प्रचण्डलाई जोड्न पुलको काम गर्ने उनले बताए ।

चुनावी नारालाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले ठट्यौली पारामा भने–“चुनाव लड्दा मलाई टुरिष्ट उम्मेद्वारको आरोप लाग्यो, अहिले त सधै देखेरे नै दिक्क मान्नु भएको होला, सधै यसरी म आउन सक्ने अवस्थामा पनि हुदिन ।”

from Imagekhabar http://ift.tt/2F11XZx

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728