Header Ads

  • Breaking News

    देउवाले टुंग्याए ८ सहमहामन्त्रीको उम्मेदवार

    २५ मंसिर, काठमाडौ‌ । नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।

    सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाडौँ), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।



    from Online Khabar https://ift.tt/3yiBwHS

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728