Header Ads

  • Breaking News

    शेखर कोइरालाको प्यानललाई रामचन्द्र र शशांकको समर्थन

    २५ मंसिर, काठमडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले डा.शेखर कोइरालाको प्यानललाई समर्थन गरेका छन् ।

    शेखरको नेतृत्वमा बनेको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । सभापतिको उम्मेद्वार दावी गर्दै आएका बीपी पुत्र शशांकले यसअघि नै शेखरलाई साथ दिने संकेत गरेका थिए ।

    तर सभापतिको साझा उम्मेद्वार बनाउने प्रयत्न भइरहँदा शशांक प्रष्ट बोलेका थिएनन् । संस्थापन इतर समूहबाट शेखर र प्रकाशमान सिंह दुवै सभापतिको उम्मेद्वार बन्ने भएपछि शशांकले शेखरलाई समर्थन गरेका छन् ।

    वरिष्ठ नेता पौडेलले पनि शेखरलाई समर्थन गरेका छन् । पौडेल निकट नेताहरुलाई पदाधिकारीमा समेट्दै शेखरले प्यानल बनाएका छन् ।



    from Online Khabar https://ift.tt/3DLP5kj

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728