Header Ads

  • Breaking News

    आज बुधबार, मजदूर दिवस हेर्नुहोस् आजको दिन २०७६ वैशाख १८ गते

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको १८ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख कृष्णपक्षको द्वादशी तिथि बेलुका राति १।४० बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पूूर्वाभाद्रपदा नक्षत्र विहान १०।४३ बजेसम्म रहनेछ । आज वैधृति योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२७ मा छ भने सूर्यास्त बेलुका ६।३६ बजे हुनेछ ।

    चन्द्रमा आज मीन राशिमा छन् । आज बुधबार हरिया वस्तुको प्रयोगसँगै विष्णुभगवान्को उपासना शुभ रहन्छ । यसैगरी आज विश्व मजदूर दिवस पनि हो ।

    उपप्राध्यापक नारायणप्रसाद निरौला
    ज्योतिषाचार्य, वास्तुविद्
    ९८४१०१२२०३,९ ८०८२११२०५

    The post आज बुधबार, मजदूर दिवस हेर्नुहोस् आजको दिन २०७६ वैशाख १८ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2V4YX7e
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728