Header Ads

  • Breaking News

    आज वरुथिनी एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ वैशाख १७ गते

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको १७ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख कृष्णपक्षको एकादशी तिथि बेलुका ११।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । शतभिषा नक्षत्र विहान ८।१४ बजेसम्म रहनेछ । आज ऐन्द्र योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२८ मा छ भने सूर्यास्त बेलुका ६।३६ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।

    आज वरुथिनी एकादशीव्रत हो । वैशाख कृष्ण एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । एकादशीमा भगवान् विष्णुको विशेष उपासना हुने गर्दछ । आज एकादशीको व्रत धारण गर्नाले यो लोकका साथै परलोकमा पनि सौभाग्य प्राप्त हुने फल बताइएको छ । वरुथिनी एकादशीको व्रत धारण गरेर मान्धाता, धुन्धुमार आदि राजाहरूले स्वर्ग प्राप्त गरेका कथा पुराणमा वर्णन पाइन्छ । दशवर्ष तपस्या गरेर प्राप्त हुने फल एकदिन वरुथिनी एकादशीको व्रत धारण गर्नाले प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ ।

    उपप्राध्यापक नारायणप्रसाद निरौला
    ज्योतिषाचार्य, वास्तुविद्
    ९८४१०१२२०३,९ ८०८२११२०५

    The post आज वरुथिनी एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ वैशाख १७ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2XQd0KM
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728