Header Ads

  • Breaking News

    दुर्गमका बिरामी बोक्न डोकोको भर, बोकेरै ओसारिन्छन् बिरामी

    सलिम अन्सारी,प्युठान

    गौमुखी गाउपालिका २ अर्खा भोबाङका थमन पुन असिनपसिन हुनुहुन्थ्यो । अर्खा स्वास्थ चौकिमा आफ्नी श्रीमतीलाई सुत्केरी गराएर घर तर्फ फर्कदै हुनुहुन्थ्यो उहा। श्रीमतीलाई डोकोमा बोकेर पसिना चुहाउंदै उकालो बाटोमा पैदल हिड्नुभएका पुनले गाउमा मोटरबाटो नपुग्दा डोकोमै बिरामी बोक्न परेको गुनासो गर्नुभयो।

    “उपचार गराउनै निकै कठिन भयो,” उहाले भन्नुभयो, “बिरामीलाई डोकोमा बोकेर आउजाउ गर्न निकै समस्या छ, गाउँमा भएको एम्बुलेन्स बिग्रँदा सास्ती भयो ।” रजवाराका भुपु सैनिकहरुले सन्चालनमा ल्याएको
    एम्बुलेन्स बिग्रिएको लामै समय बितिसके पनि मर्मत हुन सकेको छैन ।

    समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् बिरामीको लागि अतिआवश्यक एम्बुलेन्स बिग्रिएकाले विकट गाउँवासी बिरामी भएमा स्वास्थ्य संस्था पुग्ने समस्याले स्थानीयलाई पिरोलेको हो । स्थानीयका अनुसार अन्य स्थानबाट एम्बुलेन्स बोलाउँदा भाडा दोब्बरजस्तो पर्ने गरेको छ ।

    सरकारको आँखा नपुग्दा दुर्गम क्षेत्रका नागरिक बिरामी पर्दा अझै पनि एम्बुलेन्सको विकल्पमा डोको प्रयोग गर्न बाध्य भएका हुन् । सडक सुविधा पुगेपनी एम्बुलेन्सको सुविधा नहुँदा जिल्लाको उत्तरी भेग गौमुखी क्षेत्रका अर्खा , रजवारा , स्वाउलिबाङ लगाएतका ठाउहरुमा बिरामीलाई अस्पताल पुर्याउन स्थानीयले डोकोको सहारा लिन’पर्ने बाध्यता छ  ।भौगोलिक विकटता र गाउमा एम्बुलेन्स नहुँदा डोकोको भर गर्नु पने अबस्था रहेको स्थानिय वताउछन ।

    प्राय सबै एम्बुलेन्सहरु बिजुवार क्षेत्रमै केन्द्रीत हुँदा दुर्गमका नागरिकले घण्टौँ लगाएर बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँदै आएका छन। सो क्षेत्रका मानिसमा स्वास्थ्य सेवाको सहज पहुच पुग्न नसकेको अर्खाका मित्र थापाले बताउनुभयो। उहाका अनुसार सडक पुगेका ठाउसम्म बिरामी ल्याई पुर्याउन पनि एक देढ घण्टा समय लाग्छ।

    ‘कोही बिरामी भयो भने सजिलै स्वास्थ्यचौकीमा पुग्न सक्ने अवस्था छैन। उहाले भन्न’भयो ’स्ट्रेचर भए पनि उकालो गोरेटो बाटोमा बोक्नै समस्या छ। ’डोकोमा बिरामी बोक्न बाध्य छौं .’ उहाले भन्न’भयो,गाउँपालिकाको वडा केन्द्रमा सडक पुगेको छ । तर, बिरामी पर्दा स्टेचर र डोकोमा बोकेर ल्याउने गरेको स्थानिय सुनाउछन।

    गौमुखी गाउपालिकाका अध्यक्ष विष्णु कमार गिरिले अप्ठ्यारो भुगोलका कारणले पनि जनताका गुनासालाई समाधान गर्न नसकिएको दुखेसो पोख्नु भयो ।

    “समस्या नभएको हैन,” उहा भन्नुहुन्छ, “बिग्रिएको एम्बुलेन्स प्राविधिक कारणले बन्न सकेको छैन ।” अब गाउपालिकाले छिट्टै मर्मत गरेर संचालनमा ल्याउछ।उहाले भन्नुभयो।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2IKPKul

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728