Header Ads

  • Breaking News

    २५ लाख खर्चेर स्वागत गेट

    लिला सुनुवार, अ‍ोखलढुङ्गा।
    ओखलढुंगा । बेलायती सेनामा कार्यरत ओखलढुंगाका युवाहरुले २५ लाख रुपैयाँ खर्चेर आफ्नो जिल्लाको पहिचान झल्कने  स्वागत गेट निर्माण थालेका छन् । ओखलढुंगा समाज युके संस्थामा संगठित युवाहरुको अगुवाईमा बेलायतमा संकलित रकमले गेट निर्माण थालिएको हो ।
    स्वागत गेट सिद्धिचरण लोकमार्गस्थित जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ को हर्कपुरमा निर्माण भइरहेको छ । ओखलढुंगाको प्रवेशद्वारका रुपमा चिनिने यस क्षेत्रमा स्वागत गेटसँगै ओखलको मुर्ति र ओखलढुंगा जिल्लाको पहिचान झल्कने तस्बिरहरु राख्ने तयारी गरिएको छ । पर्यटकलक्षित निर्माण गरिएको गेट १२ मिटर अग्लो र ८ मिटर चौडा रहेको छ । गत चैतबाट निर्माण थालिएको स्वागत गेटको काम ५० प्रतिशत सकिएको गेट निर्माण समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताए ।
    हर्कपुरको प्रहरी बिट र रिफ्रेस सेन्टरसँगै निर्माणाधीन गेट सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने लक्ष्य राखिएको छ । गेट निर्माण भएपछि सोही क्षेत्रमा २ रोपनी जग्गामा उक्त संस्था ओखलढुंगा समाज युकेले हरियाली पार्क निर्माण गर्ने योजना समेत अगाडि सारेको छ ।


    from मुख्य समाचार – News of Nepal http://bit.ly/2GOvA0h

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728