Header Ads

  • Breaking News

    शिक्षा प्रणाली सुधार गर्नुपर्ने : कार्यवाहक मुख्यमन्त्री जम्कट्टेल

     

    हेटौँडा, १७ वैशाख । प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ ।

    प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन, सहकारीलगायतका कम्तीमा पाँच विषय अनिवार्य गरिनुपर्ने बताउनुभयो । “अबको हाम्रो शिक्षाको कार्यक्रम भनेको गाउँपालिका केन्द्रित हुनुपर्छ । गाउँपालिकामा भएका धेरै विद्यालयमा पुस्तकालय, खेलमैदान र कम्प्युटर ल्याब छैनन्, त्यता ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

    उहाँले स्थानीय तहलाई शिक्षामा लगानी गर्न अनुरोध गर्दै विकासको ‘मोेडल’ परिवर्तन नभएसम्म विकास सम्भव नभएको बताउनुभयो । उहाँले परिणाममुखी काम गर्न पनि सबै सरोकारवालालाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिक्षा क्षेत्रमा धेरै खालका सुधारको खाँचो रहेको बताउँदै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षामा शिक्षक, अभिभावक सबै मिलेर सुधार ल्याउन सकिने बताउनुभयो ।

    कार्यक्रममा प्रदेशसभा, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले शिक्षकले मेहनत गरेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने बताउनुभयो ।

    रासस

    The post शिक्षा प्रणाली सुधार गर्नुपर्ने : कार्यवाहक मुख्यमन्त्री जम्कट्टेल appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2XQd2SU
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728