Header Ads

  • Breaking News

    राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा प्रस्थान

    काठमाडौ, १७ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारी बेजिङबाट ल्हासा प्रस्थान गर्नुभएको छ । ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासको मंगलबार अवलोकन गर्ने कार्यक्रम तय भएको छ । तिब्ब्त कम्युनिष्ट पार्टीका तिब्बत पार्टी सेक्रेटरीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम पनि छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

    बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो ।

    राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो ।

    राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको हो । दुई राष्ट्रपति भेट हुनुअघि राष्ट्रपति भण्डारीको सम्मानमा चिनिया जनमुक्ति सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको थियो । राष्ट्रपति भण्डारीसंग चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा झाओले रात्रीभोजको समेत आयोजना गर्नुभएको छ । बुधबार चीन भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारी आगामी बैशाख १९ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस

    The post राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा प्रस्थान appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2GQVFvC
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728