Header Ads

  • Breaking News

    कस्ता व्यक्ति चाँडै चम्किन्छन् ? हेर्नुहोस् आजको नीति वचन

    य आत्मनाऽपत्रपते भृशं नरः स सर्वलोकस्य गुरुभर्वत्युत ।
    अनन्ततेजाः सुमनाः समाहितः स तेजसा सूर्य इवावभासते ।। – विदुर नीति

    जो व्यक्ति आफ्नो मर्यादाको सीमा नाघ्दैन त्यो पुरुषोत्तम हो । यस्ता व्यक्ति सात्विक प्रभाव, निर्मल मन र एकाग्रताका कारण संसारमा सूर्य झैँ चम्किन्छन् ।

    तेजश्वी बन्न सर्बप्रथम व्यक्ति आफ्नो मर्यादको सीमामा रहन सक्नु पर्दछ । मर्यादा भनेको आफ्नो योग्यता, क्षमता र अवस्था अनुसार चल्न सक्नु हो । आफ्नो सामथ्र्य अनुसार व्यवहार गर्न सक्नु पनि मर्यादा अन्तर्गत पर्दछ । यसैगरी तेजश्वी व्यक्ति बन्न सात्विक आहार र विहार चाहिन्छ । अर्थात् सत्यको पालना, सुख दुःखमा समभाव हुनु पनि आवश्यक रहन्छ । यसैगरी एकाग्र र स्थिर मन हुने व्यक्ति तेजश्वी बन्न सक्छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

    The post कस्ता व्यक्ति चाँडै चम्किन्छन् ? हेर्नुहोस् आजको नीति वचन appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2VxmSeV
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728