Header Ads

  • Breaking News

    पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल : आर्मी र एपिएफ उपाधिनजिक

    काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमन्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हरायो । एपीएफका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी हिरा केसीले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन् ।

    दोश्रो सेमिफाईनमा नेपाल आर्मीले पुलिसलाई २१–२५,२५–१८,२८–२६ र २५–१३ कोे सेटमा हरायो । आर्मीका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी निरुता ढगुुन्नाले नगद ५ हजार र आकर्षक ट्रफी हात पारिन्् । मंगलबार ११ होङगान्जी न्युडायमण्ड र पुलिसबीच तेश्रो स्थानका लागि खेल हुने छ भने आर्मी र एपीएफबीच फाईनल खेल १ बजे हुनेछ ।

    शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् ।

    बिधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्नेछन् । मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।
    प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ ।

    साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेकाछन्



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2PzuQ1Z
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728