Header Ads

  • Breaking News

    गंगा र इशाश्री क्वाटरफाइनलमा

    काठमाडौं । गंगा शर्मा र इशाश्री शाह सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको खेलमा गंगाले रोमिका बुद्धचार्यलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । इशाश्रीले भगवती विकलाई ६–४ र ६–४ को सीधा सेटमा हराइन् । सोही स्पर्धामा शर्वानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–२ र ६–४, इन्द्रकला श्रेष्ठले श्रिया भट्टराईलाई ६–१, ५–७ र ७–५, आइरा रावतले रायना शाहलाई ६–४ र ६–० तथा अश्लेषा लिसानेविचले सलोनी तामाङलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

    पुरुष सिंगल्समा निशान श्रेष्ठले प्रसिद्ध मोक्तानलाई ६–० र ६–०, भीष्मजंग गुरुङले इभ्येक जोशीलाई ६–० र ६–१, कुमार जिसीले ध्रुव शर्मालाई २–६, ६–३ र ६–३, अनिल साइले प्रणव वैद्यलाई ६–२ र ६–०, पाउल मार्टिनले मुकिम थापालाई ६–० र ६–१, गोविन्द नेपालीले मिलन जोशीलाई ६–२ र ६–० तथा गौरवप्रताप शाहीले कुमार तामाङलाई ६–४ र ६–१ को सेटमा पन्छाए । पुरुष ५५ वर्षमाथि डबल्समा फादर मेथ्यु र प्रेम थापा तथा अशोक वज्राचार्य र चन्द्रमान ताम्राकारको जोडी क्वाटरफाइनलमा पुगे ।

    पुरुष ६५ वर्षमाथि सिंगल्समा भरत रायमाझी र अशोक शाक्य आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे । पुरुष ४५ वर्षमाथि सिंगल्समा मधु परियार, राजेन्द्र चापागाईं, स्कोट हेरिङगर, उत्तम बोगटी, राजु श्रेष्ठ, मनोजविक्रम शाह, सुदर्शन विष्ट, देवेन्द्र गिरी, ठाकुर खनाल, शिबा सेढाईं, राजेश क्षेत्री, चन्द्र शाही र उत्तम बोगटीले जित हात पारे ।

    पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा आत्माराम कार्की र राजु श्रेष्ठको जोडीले सफलता पाए । पुरुष ३५ वर्षमाथि सिंगल्समा उपेन्द्र प्रधान, ईश्वर जिसी, आत्माराम कार्की र सुबोध अधिकारीले जित हासिल गरे । प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड का प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    बैशाख २१ गतेसम्म चल्ने प्रतियोगितामा ५ विदेशीसहित १ सय ४२ खेलाडी विभिन्न १० स्पर्धामा सहभागी छन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ४ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको छ ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2XZwBsh
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728