Header Ads

  • Breaking News

    दोस्रो माथागढी फुटबल कपको उपाधि रामपुरलाई

    बेझाड, १६ वैशाख । दोस्रो माथागढी फुटबल कपको उपाधि रामपुर फुटबल क्लबले हात पार्न सफल भएको छ । उक्त क्लबले रु एक लाख सात हजारका साथै पदक तथा प्रमाण पत्र प्राप्त गरेको हो । प्रतियोगितामा उपविजेता डाँडाडुम युवा क्लबले रु ५२ हजार प्राप्त गरेको छ । पाँच नं प्रदेशसभा सदस्य वीरबहादुर रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष योजना र कार्यक्रम ल्याएको बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले खेलको विकास गर्न विशेष प्राथमिकता दिइएको बताउनुभयो । माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा सराई युवा क्लबको आयोजना खेल सञ्चालन भएको हो । प्रतियोगितामा ११ समूहको सहभागिता थियो ।रासस

    The post दोस्रो माथागढी फुटबल कपको उपाधि रामपुरलाई appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2GT7uBL
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728