Header Ads

  • Breaking News

    विद्यालय भवन पुनः निर्माण हुँदै

    बेझाड, १६ वैशाख । भूकम्पले क्षति पु¥याएको रामपुर नगरपालिका–६ स्थित नवदुर्गा माविको भवन चार वर्ष पछि पुनः निर्माण हँुदैछ । जिर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयमा भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत भवन निर्माणका लागि बजेट निकासा भएपछि निर्माण कार्य अगाडि बढाइएको हो ।

    दुईतले चार कोठाको सो भवन निर्माणका लागि रु ७० लाख बजेट प्राप्त भएको छ । आउँदो असोज कात्तिक भित्रमा भवन निर्माण गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको भवन निर्माण समितिका अध्यक्ष घनश्याम खनालले बताउनुभयो । यस विद्यालयको सात वटा भवनमा २० वटा कोठा रहेकामा १२ वटा कोठामा कक्षा सञ्चालन भइरहेको छ । भूकम्पले चर्किएको भवन हटाएर नयाँ बनाउन पनि नसकिएकाले कोठाको सङ्ख्या बढी भए पनि पठनपाठनमा समस्या भएको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताउनुभयो ।

    “सङ्ख्यात्मक रुपमा कोठा धेरै छन्, भूकम्पले खल्बल्याएको कोठामा अध्यापन गराउँदा हावाहुरी चलेका बेला टिन उडाउने, गारो भत्काउनेजस्ता डर हुने गरेको छ” उहाँले भन्नुभयो । जापानी नागरिक काजुमासा काकिमी ९ओकेबाजे० को रु २० लाख सहयोगमा दुईतले भवन निर्माण गरिएको छ भने साविक जिल्ला शिक्षा कार्यालयको सहयोगमा पनि दुईतले भवन निर्माण भइसकेको छ । बाँकी रहेका पुराना भवन नहटाउँदासम्म विद्यालयमा सामान्य हावाहुरी चलेका बखत शिक्षण कार्य प्रभावित हुने त्यहाँका शिक्षक बताउँछन् । हाल त्यस विद्यालयमा ३३० विद्यार्थी अध्ययनरत छन् ।

    कक्षा नर्सरी देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको त्यस विद्यालयमा गतवर्षको तुलनामा यस वर्ष भर्ना दर बढ्दो रहेको पाइएको छ । निजी विद्यालयमा अध्ययनरत् विद्यार्थी पनि यस विद्यालयमा भर्ना हुन आएको विद्यालयले जनाएको छ । जिल्लाका धेरै विद्यालयको भौतिक अवस्था नाजुक भएकामा भूकम्प प्रभावित विद्यालयहरुको पुनः निर्माण धमाधम भइरहेका छन् । समयमा नै भवन पुनः निर्माण नहँुदा पठनपाठनमा समस्या परिरहेको सम्बन्धित विद्यालयको गुनासो छ ।आव २०७५-७६ मा ३६ वटा विद्यालय भवन निर्माण भइरहेकामा दुईकोठे १७ वटा, तीन कोठे चार वटा, चार कोठे १५ वटा भवन निर्माणको क्रममा रहेको जिल्ला प्राधिकरण कार्यालयले जनाएको छ । रासस

    The post विद्यालय भवन पुनः निर्माण हुँदै appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2XP12kI
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728