Header Ads

  • Breaking News

    ५० अर्बको बजेट ल्याउने प्रदेश ३ सरकारको तयारी, करको दायरा बढाइने

    १७ वैशाख, हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ ।

    बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका हुन् । ५० अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।

    चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकारले पोजेक्ट बैंकमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ । चालु आवमा जम्मा ३० प्रतिशत बजेट खर्च भएको छ ।

    आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेपनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको छ ।

    संघीय सरकारले सविच नपठाएकोमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले काम गर्न समस्या भएको बताए ।

    प्रदेशको राजस्व संकलन महत्वपूर्ण हिस्सा मानिएको ढुंगा, गिटी र बालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघीय सरकारले निर्णय गरेपछि आर्थिक स्रोत घट्ने बताइएको छ ।

    राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको मन्त्री ढुंगेलले बताए ।



    from Online Khabar http://bit.ly/2GXx5s7

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728