Header Ads

  • Breaking News

    हरर कमेडी ‘कोकाकोला’मा सन्नी

    बलिउडमा नायिका सन्नी लियोनीको हातमा खासै चलचित्र पर्दैनन् । उनलाई चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको बढी देखिन्छ । तर, अब नायिका सन्नीले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । सन्नीले ‘कोकाकोला’ नामक चलचित्रमा काम गर्ने पक्का भएको हो ।

    यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ । चलचित्रका लागि सन्नी मात्र फाइनल भएपनि अन्य कलाकार छनोट प्रक्रियामा नै छन् । चलचित्रको निर्माणपक्षले ‘कोकाकोला’ नाम राख्नुको कारण यो जनराका चलचित्र यूवापुस्तामा बढी माग रहेको सुनाए ।

    सन्नीले नायिकाको रुपमा काम गरेको चलचित्र रिलिज भएकै २ बर्ष भैसकेको छ । हालैमात्र, उनले एक च्याट शोजमा आफूले आफ्नो विगतलाई हटाउन चाहेको पनि बताएकी थिइन् ।



    from Online Khabar http://bit.ly/2V4DDyJ

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728