Header Ads

  • Breaking News

    ललितपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    ललितपुर,१७ वैशाख– बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

    तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

    सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    The post ललितपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2GSTrvW
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728