Header Ads

• Breaking News

सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले ३० दिनका लागि युद्धविराम

काठमाडौं, फागुन १३ । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा ३० दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

सिरियामा ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्मा सर्वसम्मत पारित भएको हो ।

सुरक्षा परिषद्का सबै १५ सदस्यले प्रभावित क्षेत्रमा सहायता र औषधि उपलब्ध गराउन प्रस्तावको समर्थन गरेका हुन् ।

पछिल्लो समय सिरियाको राजधानी दमास्कस नजिकै विद्रोही नियन्त्रित गुटा क्षेत्रमा सरकारी सेनाले बमबारी जारी राखेको थियो । यसैलाई रोक्नका लागि सुरक्षा परिषद्ले युद्धविरामको घोषणा गरेको हो ।

सुरक्षा परिषद्को निर्णयपछि पनि सिरियाली सरकारले भने विद्रोहीमाथि हवाई कारबाही जारी राखेको बताइएको छ ।

यसअघि युद्धविरामको प्रस्तावमाथि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा विवाद देखिएको थियो ।

युद्धविरामको प्रस्तावमा रुसले संशोधन गर्नुपर्ने माग गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अमेरिकी प्रतिनिधि निकी हेलीले युद्धविरामको निर्णयलाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युद्धविराम गर्न सिरिया सरकार तयार हुनेमा भने आशंका रहेको बताए ।

राष्ट्र संघका रुसी दूत विताली चुर्किनले भने युद्धमा संलग्न दुवै पक्षले राष्ट्रसंघको प्रस्ताव स्वीकार नगरेसम्म युद्धविराम सम्भव नहुने बताए ।

सिरियामा जारी पछिल्लो संघर्षमा अहिलेसम्म ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।(एजेन्सी)

from Imagekhabar http://ift.tt/2F2SL6T

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728