Header Ads

• Breaking News

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

कञ्चनपुर, फागुन १३ । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।

अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्दै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताएका छन् ।

उनले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताए । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उनले भने “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।”

मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताए ।

महाकालीदेखि मेचीसम्मका सात ठाउँमा जनचेतनासम्बन्धी कार्यक्रम गरिने अभियानको नारा ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने रहेको छ । रासस

from Imagekhabar http://ift.tt/2sVuECe

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728