Header Ads

  • Breaking News

    चिकित्सकले जिल्ला छोडेपछि अस्पतालमा सेवा ठप्प

    विमल विष्ट, डोटी ।
    आफुहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले जिल्ला छोडेपछि जिल्ला अस्पताल डोटीमा पाँच दिन देखी सम्पुर्ण सेवा ठप्प भएको छ । गएको ६ गते आईतबार डाक्टर जितेन्द्र सिंह माथी अस्पताल परिसरमै कुटपिट भएपछि जिल्ला अस्पताल डोटीमा कार्यरत सम्पुर्ण चिकित्सकहरु आफुहरु असुरक्षित भएको भन्दै गएको बुधबार देखी जिल्ला अस्पताल डोटी छोडेर काठमाण्डौ गएका हुन् ।

    चिकित्सकहरुले जिल्ला छोडेपछि शबको पोष्टमार्टम जस्तो अत्याबस्यक कामका लागि शब पनि जिल्ला बाहिर पठाउनु परिरहेको जिल्ला अस्पताल डोटीका प्रमुख सतिश विष्टले बताउनु भयो ।

    उहाँले भन्नु भयो ‘अस्ति मात्रै दुई वटा सब डाक्टर नहुदा डडेल्धुरा पठाएका छौ, पोष्टमार्टम जस्तो अत्याबस्यक कामपनि जिल्ला बाहिर पठाउनु परेको छ,अन्य बिरामी त सिधै जिल्ला बाहिर पठाउनु परीरहेको छ ।’ डाक्टर लाई कुटपिट पछि दोषीलाई कार्वाहिको माग गर्दै डाक्टरहरु

    डाक्टर माथी कुटपिट भएपछि चिकित्सक नहुदा सुनसान रहेको जिल्ला अस्पताल डोटी । तस्विर : विमल विष्ट/डोटी

    जिल्ला छोडेर काठमाण्डौ गएका हुन् ।

    असुरक्षित भएको भन्दै जिल्ला अस्पताल छोडेर गएका डक्टरहरुमा बिबस पराजुली,जितेन्द्र सिंह तथा सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजकुमार बिस्वकर्मा रहेका छन् । यतिमात्रै नभई जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरुले असुरक्षित भएको भन्दै जिल्ला छोडे संगै यहाँ रहेका निजि तथा संस्थागत अस्पतालका तिकित्सकहरुले पनि डोटी छोडेका छन् ।

    गएको ६ गते आईतबार डाक्टर सिंहले जिल्ला अस्पतालमा भिडियोएक्सरे गर्ने क्रममा बिरामी महिला माथी र्दुब्यबहार गरेको भन्दै उहाँ माथी कुटपिट भएको थियो । कुटपिट बाट डाक्टर सिंहको दाँत भाचिएको जिल्ला अस्पताल डोटीका अन्य कर्मचारी बताउन छन् । उता कुटपिटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जना बिरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गराएको डोटी प्रहरी प्रबक्ता तथा डिएसपी शिबबहादुर सिंहले बताउनु भयो । डिएसपी सिंहका अनुसार मुद्दा दर्ता गराएकाहरुमा दिपायल सिलगढी नगरपालिका ७ का हिक्मतसिंह विष्ट,विजय विष्ट,टेकबहादुर विष्ट तथा सोही नगरपालिका ६ का अरुण महत रहेका छन् ।

    मुद्दा दर्ता भएकाहरुलाई प्रहरीले हिरासतमा राखेर आवस्यक अनुसन्धान तथा सोधपुछ गरीरहेको छ । त्यस्तै एक्सरे गराउन आएकी ति महिलाले डाक्टर सिंहले आफुमाथी जवरजस्ति प्रयास गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी छन् तर प्रहरीले उनको उजुरी दर्ता गरेको छैन् ।

    ‘महिला माथी र्दुब्यबहार भएको हो भने पहिले नै कानुनी उपचारमा आउनु पथ्र्यो,गुण्डा सैलीमा चिकित्सक माथी कुटपिट भएको छ, प्रहरी प्रबक्ता सिंहले भन्नु भयो ‘पहिला कुट्ने अनि उजुरी दर्ता गर्न आउने,सार्वजनिक अपराध गरेका हुन् सोहि अनुसार मुद्दा अगाडी बढाएका छौ ।’ उता डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जिल्ला छोडेर गएका चिकित्सकहरुलाई जिल्लामा फिर्ता बोलाउने प्रयास भईरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘हाम्रो र माथील्लो लेभेल बाट चिकित्सकहरुलाई जिल्लामा बोलाउने प्रयास भईरहेको छ, सम्भबत चिकित्सकहरु चाडै फर्किनो हुन्छ होला ।’

     



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2sRhmXs
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728