Header Ads

  • Breaking News

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

    नेपाल समाचारपत्र, काठमाडौँ ।
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । आइतबार सुरु भएको उक्त बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने बताइएको छ ।

    कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो।

    नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार कांग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ। यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने बताएको छ ।

    आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने छ ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2F68Sks
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728