Header Ads

  • Breaking News

    राष्ट्रियसभामा मनोनितविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं, (नेस)
    शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन जनाले आफूहरूको नाम बिनाकारण फिर्ता लिई अरूलाई सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

    राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनीहरूको नाम केपी ओली सरकारले सिफारिस फिर्ता लिई नयाँ नाम सिफारिस गरी राष्ट्रपतिले अनुमोदनसमेत गर्नुभएको छ। अघिल्लो सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यमा बस्नेत, पौडेल र जोशीलाई सिफारिस गरेको थियो।

    रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय संसद् सचिवालय र राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनितहरू डा. युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई विपक्षी बनाइएको छ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2sRM0jB
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728