Header Ads

  • Breaking News

    सम्बन्ध गाँस्दै मिति बिर्संदै

    ईश्वरराज ढकाल, काठमाडौं

    काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तर्राष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ। तर यसको विस्तृत अभिलेख कामनपासँग छैन। तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने १० वटा संस्थासँग भएको सम्बन्धबारेको कागजात हराइरहेको छ।

    पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत कामपासँग छैन। यसबारे महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन।सचिवालय प्रमुख साधुराम भट्टराईले भन्नुभयो– ‘विश्वका विभिन्न शहरसँग कहिले सम्बन्ध स्थापना भयो भन्ने विषयमा जानकारी नै छैन, म आएको एक वर्ष भयो, त्यस बेलादेखिको मात्रै अभिलेख राखेका छौं, त्यसअघिको छैन।’

    कामनपासँग सम्बन्ध स्थापना
    गर्ने शहरको संख्या १५ पुग्यो

    उहाँले भूकम्पले क्षतिग्रस्त महानगरको भवनमा रहेका ती सामग्री कता परेछ सचिवालयलाई नै जानकारी छैन।

    तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शंकर कँडेलले पनि ती कागजातको विषयमा जानकारी नै नभएको बताउनुभयो। खोज्ने प्रयास गरिए पनि डकुमेन्ट फेला पार्न नसकेको उहाँको भनाइ थियो।

    कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अन्तर्राष्ट्रिय सचिवालयसँग हुनुपर्ने सामग्री हराएको विषयमा जानकारी लिइने स्पष्ट पार्नुभयो। उहाँले ती कागजातहरू हराएका शहरसँग पुनः डकुमेन्ट माग्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    पहिलोपटक अमेरिकाको युजेन र दोस्रोपटक अमेरिकाकै रोचेस्टर शहरले कामपासँग भगिनी सम्बन्ध राखेको हो। महानगरपालिकाले सन् १९८९ मा जापानको मात्सुमोतो शहरसँग भगिनी सम्बन्ध स्थापित गरेको थियो। सचिवालयका अनुसार चीनको लान्जाउसँग २०१६ मे ११, चे·दुसँग सोही वर्षको डिसेम्बर १३, दक्षिण कोरियाको सोलसँग सेप्टेम्बर २६ र अमेरिकाको फ्रेडरिकबर्ग शहरसँग २०१७ अक्टोबर १० मा यस्तो सम्बन्ध स्थापना भएको थियो।

    यसैगरी चीनको सियान र सेन्जेन, बेलारुसको मिन्सक, वर्माको यांगुन, उत्तर कोरियाको पेङवाङ, चीनको, ल्हासा, भारतको वाराणासी, अमेरिकाको बोल्डर र थाइल्यान्डको बैंकक शहरसँग भगिनी सम्बन्ध स्थापित भइसकेको छ। यसैबीच आउँदो सोमबार स्पेनको मेड्रिट शहरसँग पनि भगिनी सम्बन्ध स्थापना गरिँदै छ।

    कामपाले भगिनी सम्बन्ध स्थापना गरेको शहरसँग समाजिक, सांस्कृतिक र आर्थिक सहयोग आदानप्रदान गर्ने गरेको सचिवालयले जनाएको छ। कामनपाले जापानमा मुख्यालय रहेको मानव बन्दोबस्त व्यवस्थापनका लागि स्थानीय सरकारको क्षेत्रीय सञ्जाल (सिटिनेट), क्यानडामा मुख्यालय रहेको विश्व सम्पदा शहरहरूको संगठन (ओडब्ल्यूएचसी), स्पेनको वार्सिलोनामा मुख्यालय रहेको संयुक्त शहरहरू र स्थानीय सरकारहरूको संगठन (सीएलजी)मा आबद्धता जनाइसकेको छ।

    कामपाद्वारा सम्बन्ध स्थापित भएका उत्तरकोरियाको प्योङयाङ र वर्माको यंगुनसंग वर्षौदेखि कुनै सहयोग आदानप्रदान नभएको कामनपा स्रोतले बताएको छ।

    यस्तै क्यानडाको टोरन्टोमा मुख्यालय रहेको स्थानीय वातावरणको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय परिषद् (आईसीएलईआई) जापानको टोकियोमा मुख्यालय रहेको ऐतिहासिक शहरहरूको संघ (एलएचसी), स्पेनको वार्सिलोनामा मुख्यालय रहेको मुख्य महानगरहरूको विश्व संस्था, अमेरिकाको हवाईमा मुख्यालय रहेको विशाल शहरहरूको दिगो भूकम्पीय जोखिम व्यवस्थापन संस्था र चीनको बेइजिङमा मुख्यालय रहेको विश्व पर्यटन शहरहरूको महासंघमा पनि आबद्धता जनाइसकेको छ।

     



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2F0dzw3
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728