Header Ads

  • Breaking News

    सीमा क्षेत्रमा नेपाली युवतीलाई भारत लैजाने गिरोह सक्रिय

    उत्तम नेपाल, भद्रपुर । झापाका सीमा क्षेत्रमा दिनहुँ नेपाली महिला तथा युवतीलाई भारत लैजाने गिरोह सक्रिय रहेको खुलसा भएको छ । आर्थिक प्रलोभनमा पारी विदेश पठाउने आश्वसन देखाउँदै सीमावर्ती नाकाबाट भारतको सिलगुढीहुँदै दिल्ली पठाउने गरेको पुष्टि भएपछि घट्ना सतहमा आएको हो ।

    सीमावर्ती नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र मानव बेचविखन क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा दुई दिनको अवधिमा पाँच महिलालाई उद्धार गरेपछि गिरोह सक्रिय रहेको पुष्टि भएको हो ।

    उनीहरुलाई भारततर्फ पुर्याउने कार्यमा संलग्न एक भारतीयसहित तीन जना पक्राउ परेपछि गहिरोमा आवद्ध सञ्जालका नाइकेलाइ प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    भद्रपुर नाकाबाट भारतको दिल्ली तर्फ लगिरहेका दुई महिलालाई नेपाल—भारतको दशगजा सीमा क्षेत्रमा शुक्रवार दिउँसो उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, साना हात नामक संस्था र भारतीय एसएसबीको सहयोगमा दुवै जनालाई उद्धार गरिएको हो ।
    महिलालाई भारततर्फ लैजाने दुई जना व्यक्ति समेत पक्राउ परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

    उद्धार गरिएको महिला मध्ये इलाम जिल्ला माई नगरपालिका ७ की २२ बर्षीय रणमाया दमाई (भित्रीकोटी) र सिन्दुली घर भई हाल मकवानपुर जिल्ला वकाया २ की २२ बर्षीय सविना गोले रहेको वडाका सइ हस्तबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै जना महिला विवाहीत हुन् । दुवै जनाको साथबाट राहदानी समेत फेला परेको छ । उनीहरुलाई आवश्यक अनुसंन्धानका लागि प्रहरी कार्यालय झापा पठाइएको सई श्रेष्ठले बताए ।

    उनीहरुलाई भारतको दिल्ली भएर कुवेत पठाउने आश्वासन दिएर भद्रपुर पुराइएका थियो । महिलालाई भारतको गलगलिया बस चढाउने भनि हल्दिवारी गाँउपालिका ३ का खड्गबहादुर विष्ट र सोही गाउँपालिका २का मंगलु राजवंशीले रोयल भन्ने व्यक्तिबाट जिम्मा लिएका थिए । भद्रपुर बजार सम्म ल्याइ पुर्याएका उनिहरुलाई मेची नदी कटेर पारी भेटनु भनि मोटरसाइकल चढेर उनिहरु गएका थिए । सीमा पुगेपछि साना हात नामक संस्था भद्रपुरका कर्मचारीले शंका लागि सोधपुछ गर्दा कुवेत जान भनि महिलाले जानकारी गराएपछि जान अनुमति दिएपनि संस्थाले प्रहरीको सहयोगमा महिलालाइ पछ्याएको थियो ।

    दशगजा पुगेपछि महिला लिन विष्ट र राजंवशी आएपछि भारतीय एसएसबीको सहयोगमा उनीहरु प्रहरीको फन्दामा परेका थिए । महिलालाई भारतको गलगलिया बस चढाए वापत एक जना बराबर १० हजार पाउने सर्तमा लगेको विष्टले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

    मसँगै विद्यालय पढने साविक जलथल निवासी हाल बिर्तामोडको बुट्टाबारी बस्ने सहदीप गिरीले रोयल भन्ने व्यक्तिसंग चिनजान गरेका थिए ।’ गिरी एजेन्टको काम गर्छ । ‘गिरीको सहयोगमा रोयललाई चिनेको हो, उनले भने, रोयलको घर मोरङ पथरी पर्छ ।’ उनले भने– “रोयलले ती महिलालाई भद्रपुर सम्म ल्याएर हामीलाई जिम्मा लगाएको हो, जिम्मा लिएपछि हाम्रो काम गलगलिया सम्म पुर्याउने मात्र हो ।’ ‘यसअघि पनि गिरीले हामीलाई यसरी महिला पठाउने काम गराउँदै आएको थियो, रोयलको काम पहिलो पटक गरेको उनले स्वीकारे ।

    विहीबार झापाको लसुना नाकाबाट इलाम जिल्ला फिक्कल नगरपालिका ५ का ३५ बर्षीय कमला राई, सोही ठाँउ निवासी १८ बर्षीय निछा राई र झापा मेचीनगर नगरपालिका साविक बाहुण्डाँगी ६ निवासी ३२ बर्षीय सृजना राईलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्रका इन्सपेक्टर हरित वडुवालले जानकारी दिए ।

    उनीहरुलाई भारत लैजाने भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत निवासी २५ बर्षीय मख्तार आलमलाई पक्राउ गरिएको सशस्त्रका इन्सपेक्टर वडुवालले बताए । सशस्त्र प्रहरीले उनीहरुको साथबाट दुई थान नागरिकता बरामद गरेको छ । तीनै जनालाई आर्थिक प्रलोभन देखाएर भारतको दिल्ली लैजादै गरेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाइ छ ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2sSlMNY
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728