Header Ads

  • Breaking News

    शीतल निवासमा आज ४ बजेका लागि मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय

    <p style="text-align: justify;">फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।</p> <p style="text-align: justify;">हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।</p> <p style="text-align: justify;">राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।</p> <p style="text-align: justify;">एमालेले अर्थ तथा योजना र माओवादी केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिनेमा आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् । (रासस)</p>

    from Imagekhabar http://ift.tt/2FxEHQO

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728