Header Ads

• Breaking News

मकैको घोगामा दाना नलागेपछि किसानलाई चिन्ता

रौतहट, फागुन १३ । रौतहटको उत्तरी क्षेत्रमा लगाइएको मकैमा दाना नलागेपछि किसान चिन्तित बनेका छन् ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर २, ३, र ४ मा ४० बिगाहाभन्दा बढी जमिनमा लगाइएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका हुन् ।

कतिपय किसानले अरुको जग्गा भाडामा लिएर खेती गर्दै आएका थिए ।

गत कात्तिकको पहिलो सातामा रोपेको हाईब्रिड बन्नी र श्रेष्ठ जातको मकैमा दाना नलागेको छ । यसले किसानको लगानी नै डुबेको छ ।

सरकारले नै सिफारिस गरेको उन्नत जातको मकैको बीउ चन्द्रनिगाहपुरका मंगलेश्वर, मैनाली र पूजा एग्रोभेटबाट खरिद गरेर खेतमा लगाएको किसानहरुले बताएका छन् ।

प्रतिकिलो ६ सय रुपैयाँका दरले किसानले बिउ खरिद गरेका थिए । यो जातको मकैले ९० दिनभित्रै उत्पादन दिने विश्वास किसानको थियो ।

मकै खेतीका लागी आधारक्षेत्र मानिएको रौतहटको चन्द्रपुर नगरपालिकाअन्तर्गत गैंडाटार, जुडिबेला, ठाडाटोलमा यसवर्ष मकैमा दाना नलागेपछि किसानको करोडौंको क्षति भएको छ ।

चन्द्रपुर नगरपालिकाको कृषिसम्बन्धी फोकल पर्सन राममंगल चौधरीले तापक्रम नमिलेकाले मकैको घोगामा दाना नलागेको हुन सक्ने बताए ।

from Imagekhabar http://ift.tt/2sRHAcr

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728