Header Ads

• Breaking News

‘लम्फू’को गीतमा कबिर र मरिष्कासँग यस्तो देखिइन ‘तरकारीवाली’ (भिडियो)

काठमाडौं, फागुन १४ ।  नेपाली चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्बजनिक भएको छ ।

आउँदो बैशाख २८ मा रिलिज हुने ‘लम्फू’को यस गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा ‘तरकारीवाली’को नामले चर्चित कुशुम श्रेष्ठ पनि छिन् ।

त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा रहेका छन् ।

प्रेमिल जोडीले प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । चलचित्रका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका रहेको छ ।

यस चलचित्रमा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।

यो चलचित्रमा एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव पाईने निर्देशक लामिछानेले बताएका छन् ।

लामिछानेका अनुसार जीन्दगी जिउने सन्दर्भमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ ।

‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन्, जसमा भूपतिको लेखन रहेको छ ।

दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।

(भिडियो)

from Imagekhabar http://ift.tt/2FvGfKX

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728