Header Ads

  • Breaking News

    मन्त्रिमण्डल विस्तार हुँदै

    काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

    यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको हो ।

    हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिनुभयो । एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् । रासस

    The post मन्त्रिमण्डल विस्तार हुँदै appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2BTbcJA
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728